ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

१२ मंसिर,

नेपालगन्ज – १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरुकीले जितेका छन्। आज बिहान भएको म्याराथनलाई २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गर्दै जुलियसले उपाधि जितेका हुन्।

२ घण्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै कुलबहादुर बस्नेत दोस्रो र २ घण्टा २४ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरेका कृष्णबहादुर परियार तेस्रो भएका छन्। उनीहरुले क्रमशः २ लाख, १ लाख र ५० हजार पुरस्कार पाएका छन्।

हाफ म्याराथनमा कर्णालीकी राज्यलक्ष्मी रावतले उपाधि जितेकी छन्। उनले १ घण्टा २७ मिनेट ३६ सेकेन्डमा २१ किलोमिटरको दूरी पार गरिन्। सम्झना लिम्बुले १ घण्टा २८ मिनेट ३० सेकेन्डमा दूरी पार गर्दै दोस्रो र १ घण्टा ३० मिनेट ३७ सेकेन्डमा दूरी पार गरेकी सरस्वती भट्टराई तेस्रो भइन्।

उनीहरूले क्रमशः ५५ हजार, ३० हजार र १५ हजार पुरस्कार पाए। यसपटङ्क पनि विभिन्न १२ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो। विजेताहरुलाई दुग्गण ग्रुपका प्रदीप छाजेड, मिस नेपाल दिपमाला ढकाल, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी लगायतले पुरस्कृत गरे।

सरकार र तत्कालीन माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्त सम्झौताको सम्झनामा नेपालगन्ज म्याराथन हुँदै आएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

नेपालगन्ज म्याराथनको उपाधि जुलियस र राज्यलक्ष्मीलाई

१२ मंसिर, नेपालगन्ज – १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरुकीले जितेका छन्। आज...

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...
लोकप्रिय