ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । हुँकार मधेशले हुलाकी यात्रा गर्ने भएको छ । मंसिर १० गतेदेखि सुरु हुने यात्राअघि हुँकार मधेशले भोलि प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

हुँकार मधेशका संयोजक रामकुमार शर्माका अनुसार प्रधानमन्त्री शाहसँग समय माग गरिएको छ । समय पाए उनलाई नै ज्ञापनपत्र बुझाउने र नभए सचिवालयलाई दिने उनले बताए । सचिवालयले पनि समय नदिए जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत ज्ञापनपत्र बुझाउने उनले जानकारी दिए ।पहिलो चरणमा मंसिर १० गतेदेखि पुस ७ गतेसम्म मधेश प्रदेशका आठ जिल्लाको यात्रा गरिने हुँकार मधेशका प्रवक्ता केशवकुमारले बताए ।

दोस्रो चरणको यात्रा सुरु गर्नुअघि पहिलो चरणको समीक्षा गर्न पुस १० गते समीक्षा बैठक बस्नेछ । त्यसपछि पुस १७ गतेदेखि चितवनबाट यात्रा सुरु हुनेछ । दोस्रो चरणको यात्रा पुस २९ गते कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।

तेस्रो चरणको यात्रा सुरु गर्नुअघि दोस्रो चरणको यात्राको समीक्षा गर्न माघ ३ गते बैठक बस्नेछ । माघ ५ गते सिरहाको लहानमा बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने प्रवक्ता केशवकुमारले बताए ।

माघ ५ गतेदेखि झापा, माघ ७ देखि ९ गतेसम्म मोरङ, माघ ९ देखि १० गतेसम्म सुनसरी र माघ १० देखि ११ गतेसम्म उदयपुरको यात्रा गरिने बताइएको छ । त्यस्तै, काठमाडौँ उपत्यकाको यात्रा माघ १२ गतेदेखि १५ गतेसम्म गरिनेछ ।

विभिन्न मधेशवादी दलबाट अलग भएका युवाहरूले गत असोज ९ गते हुँकार मधेशको घोषणा गरेका थिए । हुँकार मधेशको यो पहिलो औपचारिक कार्यक्रम हो ।

यात्राका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्ने र त्यहाँबाट प्राप्त सुझावका आधारमा आगामी कार्यक्रम तय गर्ने संयोजक शर्माले बताए ।‘तीन महिनासम्म जनतासँग प्रत्यक्ष संवाद गर्छौँ, स्थानीय चुनावका बारेमा छलफल गर्छौँ, गैरदलीय चुनावको माहोल तयार गर्छौँ,’ उनले भने ।

यात्रापछि माघ १७ गते बैठक बसेर हुँकार मधेशको आगामी कार्यक्रम तय गरिने उनले बताए । माघ १७ गतेको बैठकपछि हुँकार मधेशको राष्ट्रिय सम्मेलन आयोजना गरिने उनले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय