क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

 

नेपालगन्ज वैशाख २० — परमेश्वरको मण्डली विश्व सुसमाचार समाजअन्तर्गतको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले आइतबार बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर पार्क क्षेत्रमा ‘Green Earth’ परियोजना अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा ASEZ WAO का सदस्यहरू, सहकर्मी तथा, नगर प्रहरी टोली, साथै कोहलपुर पार्क व्यवस्थापन पक्षका प्रतिनिधिहरू गरी करिब १ सय जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

स्वयंसेवकहरूले कोहलपुर पार्क भित्र र बाहिर आधा किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ । सरसफाइका क्रममा प्लास्टिकका कप, झोला, चुरोटका ठुटा, गुट्खाका खोल लगायतका विभिन्न प्रकारका फोहोर सङ्कलन गरिएको व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा सहभागी एक अधिकारीले स्थानीय वातावरण सफा राख्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै युवाहरूको सानो प्रयासले समुदायमा वातावरणीय चेतना फैलाउने विश्वास व्यक्त गरे ।

‘Green Earth’ प्रदूषित सहरी क्षेत्र, पार्क तथा वनजङ्गल सफा गर्दै स्वस्थ पारिस्थितिक प्रणाली निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विश्वव्यापी अभियान हो । ASEZ WAO ले यससँगै ‘Blue Ocean’ (नदी तथा समुद्र सरसफाइ) र ‘Mother’s Forest’ (वृक्षारोपण) जस्ता परियोजनाहरू पनि सञ्चालन गर्दै आएको छ ।

यस संस्थाले विश्वभर वातावरण संरक्षणमा योगदान पुर्‍याएबापत अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड लगायत ६ सय भन्दा बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ ।

नेपालमा पनि ASEZ WAO ले काठमाडौं, ललितपुर, उदयपुर र नेपालगञ्ज लगायतका स्थानहरूमा नियमित रूपमा सरसफाइ तथा ‘Green Workplace’ जस्ता वातावरणीय सेमिनारहरू सञ्चालन गर्दै आएको छ ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वका १ सय ७५ देशका ७ हजार ८ सय भन्दा बढी स्थानमा फैलिएको छ, जहाँ करिब ४० लाख विश्वासीहरू आवद्ध छन् । मण्डलीले ‘छिमेकीलाई आफूलाई झैँ प्रेम गर्ने’ ख्रीष्टको शिक्षाअनुसार विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

नेपालमा मात्रै हालसम्म मण्डलीका ६९ हजारभन्दा बढी सदस्यहरूले १ हजार भन्दा बढी स्वयंसेवी कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, रक्तदान तथा सांस्कृतिक आदानप्रदानजस्ता गतिविधिहरू ४७ हजार भन्दा बढी पटक सञ्चालन भइसकेका छन् ।

मण्डलीले आफ्नो निरन्तर सेवाका लागि विश्वभरबाट ५ हजार ८ सय भन्दा बढी सम्मान प्राप्त गरिसकेको छ, जसमा अमेरिकी राष्ट्रपतिको स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड तथा दक्षिण कोरियाली राष्ट्रपति अवार्डजस्ता प्रतिष्ठित पुरस्कारहरू समावेश छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय