ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गर्दै अविजित इनिङ्स खेले। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए भने निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे। डार्सी सर्टले १८ बलमा २१ र अली शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २४ रन बनाए। अलीले २ चौका र २ छक्का प्रहार गरे।

लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। तेस्रो ओभरको दोस्रो ओभरमै आशिफ शेख १ रनमा आउट भए। स्कट कुगेलेइनको बलमा आशिफ एलबीडब्लू धरापमा परे। त्यसपछि डार्सी सर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे। सर्ट पाँचौं ओभरको अन्तिम बलमा २१ रन बनाएर आउट भए।

त्यसपछि रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। डिक्वेला १०.१ ओभरमा २८ रन बनाएर आउट भए। उनले १ चौका र २ छक्का प्रहार गरे।

रोहित र दिलीप नाथबीच चौथो विकेटका लागि ३४ रनको साझेदारी भयो। तर, १५औँ ओभरको अन्तिम बलमा रोहित रनआउट भए। दिलीपसँगको रन लिने क्रममा भएको तालमेल अभावका कारण रोहितले विकेट गुमाएका थिए। दिलीपले रनका लागि कल गर्नुअघि नै रोहित दौडिएका थिए। उनले ३० रन बनाए।

रोहित आउट भएपछि सन्दीप जोरा पनि धेरै समय क्रिजमा टिक्न सकेनन्। उनी ४ रनमा आउट भए। त्यसपछि दिलीप र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको महत्त्वपूर्ण साझेदारी गरे। अलीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई अन्तिम ओभरतर्फ अघि बढाए। उनी १९.३ ओभरमा २४ रन बनाएर आउट भए।

अन्तिम समयमा दिलीप र रुबेन ट्रम्पलमेनले टोलीको स्कोर १५५ रन पुर्‍याए। ट्रम्पलमेन ४ रनमा अविजित रहे।सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। हेमन्त धामीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। थारिन्दु रत्नायकेले २४ रन दिएर १ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन खर्चेर १ विकेट हात पारे।

सुदूरपश्चिमले कुगेलेइन, धामी, रत्नायके र ऐरीको बलिङमा लुम्बिनीलाई धेरै रन बनाउन दिएन। तर, अनिल खरेल र इशान पाण्डेको बलिङमा लुम्बिनीले आक्रामक खेल्यो। अनिलले २ ओभरमा २५ र इशानले २ ओभरमा ३० रन खर्चिए। दुवै बलर विकेटविहीन रहे। पाँचौँ बलरको प्रभावकारी विकल्प नहुँदा सुदूरपश्चिमलाई दबाब परेको देखियो।

अब सुदूरपश्चिमले उपाधि जित्न १५६ रन बनाउनुपर्नेछ। लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेता बनेको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। गत संस्करणको विजेता लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

टर्निङ प्वाइन्ट

यस इनिङ्सको टर्निङ प्वाइन्ट रोहित र डिक्वेलाबीचको साझेदारीपछि रोहितको रनआउट तथा त्यसलगत्तै सन्दीप जोराको विकेट हो। लुम्बिनी एक समय १० ओभरमा ७४/२ को अवस्थामा थियो। त्यहाँबाट लगातार दुई विकेट गुमाउँदा ठूलो योगफल बनाउने सम्भावना कमजोर बनेको थियो।

तर दिलीप नाथले एकातिर विकेट जोगाएर ब्याटिङ गरे भने अर्कोतिर अली शेखले आक्रामक इनिङ्स खेले। उनीहरूको साझेदारीले लुम्बिनीलाई १५५ रनसम्म पुर्‍यायो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय