ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स लगायतका संरचना निर्माणको ठेक्का रद्द र नयाँ बोलपत्र प्रक्रिया प्रचलित कानुन अनुसार ठेक्का तोडिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो बताएका छन्। उनले जटिल प्रकृतिको संरचना निर्माणका लागि कानुनी जटिलता आउन नदिन र सक्षम निर्माण व्यवसायी छनोट गर्न बोलपत्र रद्द गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अगाडि बढाइएको बताए । ठेक्का प्रक्रिया र बोलपत्र रद्द गर्नुको कानुनी तथा प्राविधिक कारणबारे विस्तृत विवरण पेस गर्दै विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनका कारण बोलपत्र रद्द गर्नुपरेको स्पष्ट पारे।

महानिर्देशक रजौरियाले प्रस्तुत गरेको विवरणअनुसार आयोजना कार्यालयले २०८३ असार २५ गते हेडवर्क्स, डिस्यान्डर, पावरहाउस लगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गर्दा नियमावलीको १५ औँ संशोधनअनुसार औसत बोलपत्र मूल्यका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था अवलम्बन गरिएको थियो। तर, २०८३ भदौ १० गते प्राविधिक प्रस्ताव खोलिनुअगावै २०८३ भदौ ३ गतेदेखि लागू हुने गरी सार्वजनिक खरिद नियमावलीको १६ औँ संशोधन राजपत्रमा प्रकाशित भयो

उक्त १६ औँ संशोधनले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका आयोजनाको ठेक्कामा अङ्कभार आधारित मूल्याङ्कन मापदण्ड लागू गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

महानिर्देशक रजौरियाले भने, ‘म २०८३ असोज ५ गते विभागको जिम्मेवारीमा आउनुअघि नै प्राविधिक मूल्याङ्कन अन्तिम चरणमा थियो। आर्थिक प्रस्ताव खोल्ने निर्णय गर्नुअघि र पछि पनि माननीय भौतिक पूर्वाधार मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूको उपस्थितिमा पटक-पटक छलफल भयो। संशोधित नियमावलीअनुसार कागजात परिमार्जन नगरी पुरानै प्रक्रियाबाट अगाडि बढ्दा भविष्यमा गम्भीर कानुनी तथा प्रक्रियागत जटिलता आउने देखिएकोले बोलपत्र रद्द गर्ने निर्णय गरिएको हो।’

उनले औसत मूल्यको सट्टा अङ्कभार आधारित मूल्याङ्कन विधिबाट जाँदा निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादन क्षमताको समग्र मूल्याङ्कन गर्न सकिने हुँदा आयोजनाको गुणस्तर र समयमै काम सम्पन्न हुने सुनिश्चितता बढ्ने जिकिर गरे।

“यो निर्णय कुनै व्यक्तिगत वा पक्ष विशेषको हितका लागि नभई प्रचलित कानुनको पालना, प्रतिस्पर्धात्मक खरिद प्रणाली र राष्ट्रको सार्वजनिक हितलाई केन्द्रमा राखेर गरिएको हो,” महानिर्देशक रजौरियाले समिति समक्ष स्पष्ट पारे।

समितिमा  ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले आयोजनाको मुख्य १३.३ किलोमिटर लामो (५.५ मिटर व्यास र प्रतिसेकेन्ड ६७ क्युमेक पानी प्रवाह क्षमताको) सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको बताए। तर, हेडवर्क्स निर्माणको जिम्मा पाएको ठेकेदारले अपेक्षित प्रगति नगरेपछि गत वर्ष उक्त ठेक्का तोडेर पुनः ठेक्का आह्वान गरिएको उनले जानकारी दिए।

उनका अनुसार रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटबाट ३ किलोमिटर माथि बाँध बाँधी सुरुङमार्फत ६४ मिटरको हेडबाट ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने र मरिन नदी हुँदै बागमतीमा पानी मिसाएर तराईका ५ जिल्ला (बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा) को १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय