कपिलबस्तु प्रहरीले भारतबाट कृष्णनगर सीमा नाका हुँदै नेपाल प्रबेश गराइएका १० वटा भैंसीका पाडाहरु नियन्त्रणमा लिएको छ।जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार सोमबार बिहान पौने ५ बजेतिर कृष्णनगर नगरपालिका– २ बाट भारतबाट नेपाल प्रबेश गराइएका १० वटा पाडाहरु नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी सहायक निरीक्षक ओमप्रकाश पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलीले चन्द्रौटा कृष्णनगर सडक–खण्डबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका ती पाडासहित दुई जनालाई पक्राउ गरेको थियो ।प्रहरीले पाडाहरु संगै कृष्णनगर– १२ सोनवर्षाका २७ वर्षीय मोहन यादव र २२ वर्षीय शिवकुमार यादवलाई नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा लिइएका पाडाहरुको अन्दाजी बजार मूल्य प्रति पाडा ५० हजारका दरले ५ लाख बराबर रहेको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेका ब्यक्तिसहित १० वटा भैसीका पाडाहरु भन्सार कार्यालय कृष्णनगर पठाइएको पनि प्रहरीले जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।