ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको १५औं महाधिवेशनबाट लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत रूपमा चयन भएका छन्।

गत प्रदेश सभाको निर्वाचनमा उनी प्यूठान (ख) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी दुई पटक लुम्बिनीको मन्त्री पनि बने। चलचित्र क्षेत्रवाट उदाएका उनी देउवा संगको सम्बन्धकै कारण कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।

सोमबार दाङको भालुबाङमा भएको अधिवेशन पछि अबेर राति उनको नाममा प्रदेशस्तरीय समिति गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो।रोजको कार्यसमितिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन उपसभापति छन्।

त्यस्तै, महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डिसी र बर्दियाका गोबिन्दप्रसाद थारू सर्वसम्मत चयन गरिएका छन्।स्रोतका अनुसार विषेशगरी सहमहामन्त्री पदमा आकाँक्षी धेरै भएका कारण सर्वसम्मत चयन गर्ने बारे सहमतिको प्रयास जारी छ।

अन्य पदहरूमा भने लगभग सहमति जुटिसकेको स्रोतले दाबी गरेको छ।लुम्बिनी प्रदेश कार्यसमिति झन्डै ११५ सदस्यीय हुने आँकलन गरिएको छ। प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने गरि कसरत भइ रहेको पनि सभापति थापाले बताए।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १०:५०
सिफारिस

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय