क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाका नदी किनारबाट अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमले गम्भीर मानवीय संकट निम्त्याएको बताएका छन्।

 

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको निधन भएपछि घिसिङले सरकारको विना योजनाको कदमप्रति आपत्ति जनाएका हुन्।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले दर्जीको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले स्पष्ट र दिगो योजना विना नै सुरक्षा बल परिचालन गरेर जबर्जस्ती बस्ती हटाउँदा विस्थापितहरूले ज्यान गुमाउनु परेको दाबी गरे। ‘घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको दुःखद अवस्था छ,’ घिसिङले लेखेका छन्।

 

मृतक दर्जीको स्वास्थ्य अवस्था जटिल रहेको र उनलाई विशेष उपचारको आवश्यकता भए पनि समयमै आवश्यक उपचार र हेरचाह उपलब्ध हुन नसकेको तथ्य बाहिरिएको घिसिङले खुलाएका छन्। यस दुखद घटनाले विस्थापित नागरिकको व्यवस्थापन, उनीहरूको स्वास्थ्य सुरक्षा र आधारभूत मानव अधिकारप्रति राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

 

बस्ती हटाउने कार्यमा सरकारले जति तत्परता देखायो, प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास र न्यूनतम मानवीय सुविधाको सुनिश्चिततामा पनि त्यस्तै संवेदनशीलता तथा जिम्मेवारी देखाउनुपर्नेमा उनले जोड दिएका छन्। घिसिङले होल्डिङ सेन्टरमा अलपत्र अवस्थामा राखिएका नागरिकलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ जस्ता आधारभूत सुविधा उपलब्ध गराएर सम्मानजनक जीवनयापनको वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय