क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौंः फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७ः४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।

शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान भनेको छ।

 

यस्तै, फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका स्थान वा भित्री भू–भागतिर स्थानान्तरण हुन आग्रह गरेको छ। इन्डोनेसियाको एजेन्सीले देशको उत्तर–पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू–भागमा सुनामीको पूर्वचेतावनी एडभाइजरी जारी गर्दै नागरिकलाई सचेत रहन भनेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय