क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

ढोरपाटन (बागलुङ)- गण्डकी प्रदेश सरकारले विकेट क्षेत्रका गर्भवती तथा सुत्केरीको उद्धारका लागि सञ्चालन गरेको ‘निःशुल्क हवाई उद्धार’ सेवा प्रभावकारी बन्दै गएको छ ।

 

प्रदेश सरकारले ग्रामीण क्षेत्रमा उपचार हुन नसकेर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याउन उक्त सेवा सञ्चालन गरिरहेको छ ।

 

सात वर्ष अगाडि सुरु गरेको सेवाबाट हालसम्म ७१ जना गर्भवती तथा सुत्केरीले सेवा लिएको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ बाट सुरु हवाई उद्धार सेवाबाट सबैभन्दा बढी बागलुङका सेवाग्राही लाभान्वित भएका छन् ।

 

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार विसं २०७६ मा १० जना, विसं २०७७ मा ३३, विसं २०७८ मा आठ जना, विसं २०७९ मा पाँच, विसं २०८० मा चार जना, विसं २०८१ मा एक जना र विसं २०८२ मा छ जनाले उक्त सेवा लिएका छन् ।

 

विसं २०७६ अगाडि चार जनाले सेवा लिएको मन्त्रालयले जनाएको छ । बागलुङबाट मात्रै ३० जना गर्भवती तथा सुत्केरीले सेवा लिइसकेको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले जानकारी दिए।

 

उनका अनुसार म्याग्दीका १८ जना, गोरखाका छ जना, मुस्ताङका पाँच जना, लमजुङका चार जना, पर्वत र मनाङका दुई/दुई जना महिलाले सेवा लिएका छन् ।

 

अधिकारीले २०७८ सालपछि हवाई उद्धार सेवा लिनेको सङ्ख्या कम हुँदै गएको बताए। प्रदेश सरकार र स्थानीय तहहरुले स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि कम गर्भवती तथा सुत्केरीको उद्धार गर्नुपरेको उनको भनाइ छ ।

 

अधिकृत अधिकारीले भने, “पछिल्लो समय जिल्ला तह र स्थानीय तहमा अस्पताल राम्रो बन्दै गए, ति अस्पतालबाट प्रसूति सेवा प्रभावकारी बन्न थाले, त्यसले गर्दा हवाई उद्धार कम भएको हो, यद्यपि २०७८ सालपछि २०८२ सालमा उद्धार सङ्ख्या बढेको देखिन्छ ।”

 

गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता समस्या आइपरेमा प्रदेश सरकारले हेलिकप्टरमार्फत निःशुल्क उद्धार गर्दै आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले भौगोलिक विकटताका कारण गर्भवतीलाई सहज रुपमा अस्पताल पुर्याउन नसकिने हुँदा हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने बाध्यता आएको बताए ।

 

गण्डकी प्रदेश सरकारले आगामी आवमा हवाई उद्धारका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । चालु आवमा पनि रु १५ लाख बजेट विनियोजन भएको थियो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय