क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

जेनजी अगुवा रक्षा बमले चुनावअघि गरिएका बाचाहरू पूरा नगरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएकी छन्।

 

बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बमले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेलाई सम्बोधन गरेर जेनजी पुस्तासँग गरिएका प्रतिबद्धताहरू पूरा नभएकोमा आक्रोश व्यक्त गरेकी हुन्। उनले सरकार र रास्वपा नेतृत्वलाई सोधेकी छन्, ‘जेनजी परिषद् गठनको कार्य कहाँ पुग्यो? जेनजी शहीदहरूको स्मारक निर्माणको कार्य कहाँ पुग्यो?’

 

जेनजी आन्दोलनकै जगमा वर्तमान सरकार निर्माण भएको स्मरण गराउँदै उनले युवा पुस्तासँग सम्बन्धित मुद्दाहरूमा सरकारले उदासीनता देखाएकोमा असन्तुष्टि जनाइन्।

 

आफ्नो पोस्टमार्फत बमले निर्वाचनका बेला जेनजी आन्दोलनकारीहरूसँग गरिएका सम्पूर्ण बाचाहरू तत्काल पूरा गर्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन्। उनले नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा प्रश्न गरेकी छन्, ‘अब पनि वाचा पूरा नगर्ने हो ?’

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय