क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रक्रियामा नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।

 

अख्तियारको अनुसन्धान टोली मंगलबार बूढानीलकण्ठस्थित निवासमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो।

 

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त निवास आगजनी भएको थियो। अहिले उक्त निवास भत्काउने काम चलिरहेको छ। देउवा दम्पती अहिले स्वदेशमा छैनन्। स्वदेश भएका बेला पनि जेनजी आन्दोलनपछि बूढानीलकण्ठस्थित निवासमा बसेका थिएनन्, महाराजगञ्जमा घर भाडामा लिएर बसेका थिए।

 

देउवा दम्पती उपचारका लागि विदेशमा छन्।

 

अख्तियारको टोलीले आफूलाई सम्पर्क गरेर इ-पासपोर्ट लागि म्याद तामेल गरेको बूढानिलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

 

‘अख्तियार टोलीले आरजु राणा देउवामाथि अनुसन्धानका लागि म्याद तामेल गर्नु परेकाले सम्पर्क गरेको थियो। मैले भानु देउवासँग सम्पर्क गराइदिएको हो,’ उनले भने।

भानु पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव हुन्।

 

हामीले यसबारे भानु देउवासँग पनि बुझेका छौं।

 

उनले पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाबारे म्याद तामेलीका सन्दर्भमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय