क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

युक्रेनले रूसको राजधानीमै हमला गरेको छ। बिहीबार राजधानी मस्कोमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ड्रोन हमलापछि तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।

 

विस्फोट यति शक्तिशाली थियो कि तेल भण्डारण ट्याङ्कीको विशाल गोलाकार ढकनी आकाशमा उडेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ। तेल प्रशोधन केन्द्रमाथि युक्रेनी हमला तीन दिनभित्र दोस्रो पटक भएको हो।

 

युक्रेनी ड्रोनहरूले रुसी हवाई प्रतिरक्षा प्रणाली छल्दै क्रेमलिनबाट करिब १६ किलोमिटर टाढा रहेको उक्त प्रशोधन केन्द्रलाई निशाना बनाएका थिए। घटनापछि बाक्लो कालो धुवाँले मस्कोको आकाश ढाकेको थियो।

 

युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमणलाई रुसविरुद्धको सन्देशका रूपमा व्याख्या गरे।

 

‘तपाईंहरूको देशले हाम्रो देशविरुद्ध आक्रामक युद्ध सुरु गरेको थियो। वर्षौंदेखि उसले हाम्रा नागरिकलाई मारिरहेको छ। अब तपाईंहरूलाई के भइरहेको छ भन्ने थाहा भयो भने पुटिनलाई यो युद्ध कहिले अन्त्य गर्ने योजना छ भनेर सोध्नुस्,’ उनले भनेका छन्।

 

युक्रेनले रुसको भित्री भूभागमा गरिरहेका लगातारका आक्रमणहरूले युद्धको दिशा आफ्नो पक्षमा मोडिँदै गएको दाबी गरेको छ।

 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यही सन्देश हालै फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य नेताहरूसमक्ष पनि राखेका थिए। तर क्रेमलिनले युक्रेनको दाबी अस्वीकार गरेको छ।

 

राष्ट्रपति पुटिनका एक सहयोगीले युद्धक्षेत्रको अवस्था युक्रेनको पक्षमा नफर्किएको दाबी गरेका छन्। घटनाबारे पुटिनले तत्काल सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उनी त्यसबेला कजानमा दक्षिणपूर्वी एसियाली नेताहरूको सम्मेलन आयोजना गरिरहेका थिए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय