क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ।

शनिबार संघका अध्यक्ष डा. बन्द्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले प्रेस विज्ञप्ति जारी गरी सरकारसँग आग्रह गरेका छन्। डा. केसीले सत्याग्रहमा बस्नुपर्ने अवस्था आएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

संघले सत्याग्रहका क्रममा डा. केसीको स्वास्थ्य समस्या देखिएकोमा चिन्ता जनाएको छ। यससँगै डा. केसीको हालसालै शल्यक्रिया गरिएको पनि स्मरण गराएको छ।

त्यसैले तत्काल उनका माग सम्बोधनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ।

संघले भनेको छ, ‘उहाँको स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न भइरहेकोले उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलगायतलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएको जायज मागहरूलाई हदैसम्मको संवेदनशिलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक आग्रह गर्दछ।’

पाँच बुँदे माग राखेर डा. केसी धनगढीमा २४औं सत्याग्रहमा छन्। उनको स्वास्थ्यमा समस्या आएपछि धनगढीस्थित प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन्...

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...
लोकप्रिय