क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सम्बोधनमा उनले सामान्य घटनाबाट उत्पन्न आक्रोशले ज्यान जाने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरेका छन्। समाजमा डर, अविश्वास र अशान्ति फैलिएको भन्दै यस्तो अवस्था मानवताविरुद्ध भएको उनको भनाइ छ।

शाहले आफू मेयरका रूपमा मात्र नभई एक नेपाली नागरिकका रूपमा पनि घटनाबाट मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले पीडितले यथाशीघ्र न्याय र क्षतिपूर्ति पाउनुपर्ने तथा दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

उनले घटनाबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम तत्काल चाल्नुपर्ने बताएका छन्। सुरक्षाकर्मीको गोलीबाट नागरिकले ज्यान गुमाउनु र घाइते हुनु सामान्य विषय नभएको उल्लेख गर्दै उनले निष्पक्ष अनुसन्धान गरी सत्य बाहिर ल्याउन आग्रह गरेका छन्।

शाहले सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरी जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन सबै संयन्त्र परिचालन गर्नुपर्ने धारणा राखेका छन्।

उनले नागरिकलाई उत्तेजना, आक्रोश र प्रतिशोधको भावनामा नबहकिन आग्रह गर्दै कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन्। सुरक्षित, संयमित र जिम्मेवार भएर सामाजिक सद्भाव, प्रेम र आपसी सम्मान कायम राख्न उनले सबैलाई आह्वान गरेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन्...

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...
लोकप्रिय