काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र त्यसमा भएको मानवीय क्षतिको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले नागरिकको ज्यान जाने गरी भएको गोली प्रहारको घटनामा कसको संलग्नता र आदेश छ भन्ने कुरा सार्वजनिक हुनुपर्ने बताइन्
सांसद ओलीले सुनसरी घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा आपत्ति जनाइन् । उनले शान्तिपूर्ण समाजमा नागरिकमाथि गोली प्रहार हुनु लोकतन्त्रका लागि लज्जास्पद विषय भएको बताइन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।