सशस्त्र प्रहरी बलका अनुसार एक महिनामा १० टन तस्करीको चिनी जफत भएको छ, जबकि अघिल्लो महिना ४ टन मात्रै जफत गरेको थियो ।
काठमाडौँ — भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको दक्षिणी सीमावर्ती क्षेत्रबाट चिनीको तस्करी बढेको छ ।अघिल्लो महिनाको तुलनामा असार (जुन मध्यदेखि जुलाई मध्य)मा सशस्त्र प्रहरी बलले जफत गरेको चिनीको परिमाण दोब्बरभन्दा बढी छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले उक्त अवधिमा ७ लाख ८० हजार २५५ रुपैयाँ बराबरको १० टन अवैध चिनी जफत गरेको छ, जुन अघिल्लो महिना २ लाख ८४ हजार ८७० रुपैयाँ बराबरको ४ टन मात्र थियो ।
आइतबार मात्रै सशस्त्र प्रहरीले पूर्वी नेपालको झापाबाट तस्करी गरी ल्याइएको ३२ बोरा चिनी जफत गरेको छ । जफत गरिएका धेरैजसो चिनी भारतीय सीमा जोडिएका तराई-मधेसका जिल्लाहरूमा बरामद गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताए ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।