क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

शरीरको महत्वपूर्ण अंग कलेजोलाई गम्भीर असर पुर्‍याउने स्वास्थ्य समस्यामध्ये हेपाटाइटिस एक प्रमुख रोग मानिन्छ, जुन भाइरसको संक्रमणका कारण हुन्छ। मुख्यत हेपाटाइटिस ए, बी, सी र इ गरी चार प्रकारका हुन्छन्। यसबाहेक हेपाटाइटिस डी पनि हुन्छ। तर यो स्वतन्त्र रुपमा नभई हेपाटाइटिस बीको संक्रमण भएका व्यक्तिलाई मात्र लाग्ने  गर्छ।

हेपाटाइटिसका मुख्य चार प्रकारमध्ये ए र इ दूषित खाना र पानीको माध्यमबाट सर्ने गर्छन्। यिनले एक्युट संक्रमण (छोटो अवधिको) गराए पनि क्रोनिक (दीर्घकालीन) रुप लिँदैनन् र सामान्यतः निको भएर जान्छन्। यद्यपि केही अवस्थामा यिनले एक्युट लिभर फेलियर गराउन सक्ने जोखिम भने रहन्छ।

तर, हेपाटाइटिस बी र सी भने रगतको माध्यमबाट सर्ने गर्छन्। यो संक्रमण भएको अवस्थामा क्रोनिक रुप लिने जोखिम रहन्छ। समयमै उपचार गरिएन भने फाइब्रोसिस भएर कलेजो कडा हुँदै जाने र पछि गएर लिभर सिरोसिस तथा कलेजोको क्यान्सरसमेत गराउन सक्छ। लिभर सिरोसिस भएको अवस्थामा प्रत्यारोपण एक मात्र विकल्प हो भने क्यान्सर भएको अवस्थामा क्यान्सरको उपचार सुरु गर्न सकिन्छ। तर, सिरोसिस नभइकन क्यान्सर पनि हुन सक्छ।

हेपाटाइटिस बी र सी भएको लामो समय भए पनि लिभर ड्यामेज भएको छैन भने त्यसलाई क्रोनिक हेपाटाइटिस फेज भनिन्छ। फाइब्रोसिस भनेको चाहिँ कलेजो कडा हुँदै जाने र अन्त्यमा लिभर सिरोसिससम्म पुग्ने हुन्छ।

हामीले फाइब्रोसिसलाई चारवटा स्टेज मान्छौं, वान, टु, थ्री र फोर। चौथो स्टेजलाई सिरोसिस भनिन्छ। सिरोसिस भइसकेपछि कुनै पनि औषधि उपचारले निको बनाउन सकिदैन। तर, त्यो अवस्था आउन नदिनका लागि पूर्वसावधानी र रोकथामका उपाय भने अपनाउन सकिन्छ।

के कारणले हुन्छ?
हेपाटाइटिस बी र सी धेरैजसो रगतबाट सर्ने रोग हो। धेरैजसो आमाको रगतको माध्यमबाट गर्भमा रहेको शिशुलाई सर्छ। यस्तै, संक्रमितको रगत अर्को व्यक्तिमा दिइँदा, दुषित सियो वा सुई प्रयोग गर्दा, ट्याटु बनाउँदा वा यौन सम्पर्कका माध्यमबाट पनि हेपाटाइटिस बी र सीका भाइरस सर्न सक्छन्। यसैगरी रगत र सुईको सम्पर्कमा रहने स्वास्थ्यकर्मीहरु पनि यसको जोखिममा पर्छन्। तर एउटै कपडा प्रयोग गरेर, एउटै बाथरुम प्रयोग गरेर, जुठो खाएर चाहिँ सर्दैन।

लक्षण
हेपाटाइटिस संक्रमण भएपछि सुरुवाती चरणमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, जण्डिस देखिने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन्। हेपाटाइटिस ए र इका बिरामीमा यी लक्षण देखिएर केही हप्तामै निको हुन्छन्। तर बी र सीको संक्रमण हुँदा लामो समयसम्म पनि लक्षण नदेखिन सक्छ। जब लक्षण देखिन्छन्, त्यतिन्जेलसम्म कलेजो धेरै हदसम्म क्षति भइसकेको हुन्छ। यस्तै, कहिलेकाहीँ सबै खालका हेपाटाइटिस लक्षणविना पनि हुन सक्छन्।

रोकथामका उपाय
हेपाटाइटिस ए र ईबाट जोगिन दूषित खाना तथा पानीबाट जोगिनु्पर्छ। त्यसमध्ये हेपाटाइटिस ए को खोप भने उपलब्ध छ।  शिशुहरुलाई यसको खोप नियमित तालिकामा पनि समावेश गरिएको छ। यसैगरी हेपाटाइटिस बीको पनि खोप उपलब्ध छ। जसरी यो सर्न सक्छ, त्यसबाट जोगिनु पर्छ। असुरक्षित यौन सम्पर्कबाट जोगिनुपर्छ, रगत तथा सुइको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।

हेपाटाइटिसका भाइरस सक्रिय हुने कुनै खास समय नभए पनि वर्षायाममा खाना तथा पानी प्रदूषित हुने भएकाले हेपाटाइटिस ए र इ को संक्रमण हुने जोखिम भने बढी रहन्छ।

जन्डिस र हेपाटाइटिसबीच भिन्नता
कतिपयले जन्डिस र हेपाटाइटिस एउटै हो भन्ने ठान्छन्। तर यी दुई पूर्ण रुपमा फरक हुन्। जन्डिस भनेको कलेजोको समस्या वा अन्य कारणले शरीरमा देखिने एक किसिमको लक्षणमात्र हो। अर्कोतर्फ हेपाटाइटिस कलेजोलाई असर गर्ने अलग्गै रोग हो, जसको एक लक्षण जन्डिस पनि हो।

नर्भिकमा हेपाटाइटिसको उपचार र निदानका लागि सबै सुविधा उपलब्ध छन्। यसको संक्रमण छ कि छैन भनेर पत्ता लगाउने मु्ख्य विधि नै रगत परीक्षण हो, जसमा एचबीएसजी टेस्ट गरिन्छ। समयमै रोग पत्ता लाागेमा नियमित निगरानी, औपधोपचार र खानपानमा सुधार गरेर कलेजोलाई थप क्षति हुनबाट बचाउन सकिन्छ। रोग बल्झिएर लिभर सिरोसिसको अन्तिम चरणमा पुगिसकेको अवस्थामा औषधिले मात्र कलेजोलाई पूरानो अवस्थामा फर्काउन (रिभर्स) गर्न सकिँदैन। त्यस्तो अवस्थामा कलेजो प्रत्यारोपण नै अन्तिम विकल्प बन्छ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा हेपाटाइटिस बीको संक्रमण दर कूल जनसंख्याको करिब ०.९ प्रतिशत छ। तर परीक्षण नभएका संक्रमितहरुको संख्या १ देखि २ प्रतिशत वा त्यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। अधिकांश मानिसले लक्षण नदेखिँदासम्म परीक्षण नगर्ने भएकाले वास्तविक तथ्यांक बाहिर ल्याउन स्क्रीनिङ अर्थात् जनस्वास्थ्य परीक्षण अभियान सन्चालन गर्नु आवश्यक देखिन्छ।

हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ। यस वर्षको दिवसको नारा ‘लेट्स ब्रेक इट डाउन’ भन्ने छ। अर्थात् हेपाटाइटिसको शृंखलालाई तोड्न सचेतना फैलाउनु नै यस दिवसको उद्देश्य हो। त्यसैले समयमै परीक्षण र सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ।

(डा. थापा नर्भिक अस्पतालका कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट हुन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन्...

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...
लोकप्रिय