ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई जना युवाको शुक्रबार राति अन्त्येष्टि गरिएको छ ।

 

सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएपछि पोस्टमार्टम सम्पन्न गरी कानुनी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइएको थियो ।

 

देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव यसअघि विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार मध्यराति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार विराटनगरस्थित कोशी अस्पतालमा दुवै शवको पोस्टमार्टम गरिएको हो ।सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दुवै शव परिवारको जिम्मा लगाइएको थियो । त्यसपछि परिवार, आफन्त र स्थानीयवासीले शवयात्रासहित विराटनगरबाट देवानगञ्जस्थित कप्तानगञ्ज पुर्‍याई अन्त्येष्टि गरेका हुन् । प्रशासनले लगाएको कर्फ्युकैबीच शवयात्रासहित दुवै जनाको अन्त्येष्टि घटनास्थलमै रहेको खाली जमिनमा गरिएको छ ।

 

अन्त्येष्टिअघि कप्तानगञ्ज बजारमा दुवै शव राखी आफन्त तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । घटना भएको पाँच दिनपछि गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर मृतकका परिवारसाग वार्ता गरेपछि ७ बुँदे सहमति भएको थियो । त्यसपछि मात्रै परिवारले शव बुझ्न सहमति जनाएको हो ।

 

बिहीबार राति भएको सहमतिअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय