क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं : स्पेनको नियन्त्रणमा रहेको स्युटा क्षेत्रमा पछिल्लो २४ घण्टामा मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेका छन्। स्युटाका अध्यक्ष जुआन जेसुस भिभासका अनुसार सोही अवधिमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

 

अध्यक्ष भिभासले हालको परिस्थिति नियन्त्रणबाहिरू रहेको बताउँदै भर्खरै प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या शहरको कुल जनसङ्ख्याको करिब ७० प्रतिशतबराबर पुगेको जानकारी दिएका छन्। स्थानीय तथ्याङ्कअनुसार स्युटाको कुल जनसङ्ख्या करिब ८३ हजार ६ सय रहेको छ।

 

स्पेनको सर्वोच्च अदालतले स्युटा वा मेलिला (स्पेनको अर्को स्वायत्त क्षेत्र) पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्काल मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेपछि आप्रवासीको सङ्ख्या तीव्र रूपमा बढेको हो।

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले यस स्थितिलाई ‘आक्रमण’ को संज्ञा दिँदै सबै अनधिकृत आप्रवासीहरूलाई ‘यथाशीघ्र’ मोरक्को नै फिर्ता पठाइने बताएका छन्। यस घटनाप्रति धेरै युरोपेली नेताहरूले गम्भीर चिन्ता व्यक्त गर्दै सीमा नियन्त्रणलाई अझ कडा बनाउने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूका अनुसार हालसम्म २५ हजारभन्दा बढी मानिसहरू भने स्वेच्छाले मोरक्को फर्किसकेका छन्।

 

मोरक्कोको उत्तरी तटमा अवस्थित स्युटा, जिब्राल्टर जलडमरूमध्यमार्फत स्पेनको मुख्य भूभागबाट अलग छ। यो क्षेत्र लामो समयदेखि युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि मुख्य मार्गका रूपमा रहँदै आएको छ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय