सुनसरी साउन १६ — सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव अन्त्येष्टिका लागि विराटनगरबाट गृह गाउँ लगिएको छ।
पोस्टमार्टमसहित आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि दुवैको शव शुक्रबार अन्त्येष्टिका लागि कप्तानगञ्जतर्फ लगिएको हो। घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको जनाइएको छ।
स्थानीयवासी र आफन्तजनको उपस्थितिमा दुवै जनाको अन्तिम संस्कार गर्ने तयारी गरिएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ।
यसअघि देवानगञ्जमा भएको घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय स्तरमा तनाव उत्पन्न भएको थियो। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।