काठमाडौं । गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको सुनसरी र मधेश प्रदेशको केही दिनको भ्रमण तथा बसाइपछि आइतबार काठमाडौं फर्किएका छन्।उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुगेका हुन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सुरक्षा अवस्था, शान्ति–सुव्यवस्था र समसामयिक विषयमा स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालासँग छलफल गरेका थिए।भ्रमण सम्पन्न गरी उनी नियमित सरकारी कामकाजका लागि काठमाडौं फर्किएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

