बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. धवल शम्शेर राणाले व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको गिरफ्तारीको कडा शब्दमा निन्दा गरेका छन्।राणाले प्रसाईंको गिरफ्तारीलाई लिएर आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्थामा नागरिकका विचार र अभिव्यक्तिको सम्मान हुनुपर्ने बताएका छन्।उनले राज्यले नागरिककाआवाजलाई दबाउनुभन्दा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका छन्।प्रसाईंकोगिरफ्तारीको विषयलाई लिएर विभिन्न राजनीतिक दल तथा समूहहरूले आ–आफ्ना प्रतिक्रिया जनाइरहेका छन्।

