सुनसरीमा प्रहरीको गोलि लागेर घाइते भएका अर्को एक जनाको मृत्यु भएको छ ,यससँगै घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ। घटनामा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। अहिले क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
