क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं : मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्।

साउन १५ गते राति करिब २ बजे जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो। अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको र त्यसपछि मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय