क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाबारे गृहमन्त्रीले कुनै विशेष वा औपचारिक सम्झौता नगरेको स्पष्ट पारेको छ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङको भ्रमणका क्रममा विभिन्न पक्षसँग भएको भनिएको सहमतिबारे सरकारको धारणा राखेका हुन्।

उनका अनुसार गृहमन्त्रीले प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवालासँग भेटेर घटनाको अवस्था बुझेका थिए। साथै, समस्या समाधानका लागि सरकार संवाद गर्न तयार रहेको सन्देश दिएका थिए।

पूर्वी तराईको भ्रमणका क्रममा गृहमन्त्रीले हिन्दु सम्राट सेना र आन्दोलनबाट प्रभावित पक्षसँग पनि छलफल गरेका थिए। त्यस क्रममा कुनै विशेष सम्झौता भएको भन्ने चर्चा चलेपछि मन्त्री पोखरेलले त्यसलाई अस्वीकार गर्दै हालसम्म कुनै ठोस सहमति नभएको बताए। यदि कुनै विशेष विषयमा थप जानकारी आवश्यक परे गृहमन्त्रीले नै आधिकारिक रूपमा जानकारी दिने उनले बताए।

सरकारका अनुसार अहिले आन्दोलनरत पक्षका मागबारे छलफल र संवादको प्रक्रिया खुला राखिएको छ। तर हालसम्म कुनै औपचारिक वा ठोस सम्झौता भएको छैन।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय