क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका पोखराका तीन पदयात्रीहरूसम्म प्रहरीको उद्धार टोली पुगेको छ ।

उनीहरु छोमरोङको पिँधस्थित मोदी खोलाको पारीपट्टि सकुशल भेटिएका हुन् । पर्यटन मन्त्री खड्कराज पौडेलले सामाजिक सञ्जालमा लेख्दै उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएको बताएका छन् ।

आज बिहान ९ः२३ बजेको समयमा प्रहरी जवान सुमन नेपाली बिजुलीको लाइन काटी खोलावारी र खोलापारी रहेको बिजुलीको पोलमा रहेको तार हुँदै उनीहरु भएको ठाउँमा पुगेको प्रहरीले जनाएको छ ।

कास्कीको माछापुच्छ्रे–९ बादलडाँडास्थित मर्दी हिमाल ट्रेकिङमा गएका पोखरा–१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ फसेका हुन् । उनीहरु ट्रेकिङ क्रममा जङ्गलमा अलपत्र परेका थिए । उनीहरु साउन २० गते राति ८ बजे सम्पर्कमा आएका थिए । उनीहरुको खोजी शुरु भएको थियो ।

मोदी खोलामा पानीको अत्यधिक बहाव रहेका कारण हिजो उद्धार गर्न सम्भव नभएको हो । उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माणको प्रयाससमेत असफल भएको थियो ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय