गोरखा । गोरखामा गएको पहिरोले एक पेट्रोल पम्पमा क्षति पुर्याएको छ। पहिरोका कारण पेट्रोल पम्पको संरचना तथा उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ।
पहिरोले पम्प परिसरमा रहेका केही सवारीसाधनसमेत पुरिएको प्रारम्भिक जानकारी छ। घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीले क्षतिको विवरण संकलन तथा आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन्।
घटनाबाट मानवीय क्षति भने भएको छैन। क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
