क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । चितवन प्रहरीले २० किलो चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ निवासी ४४ वर्षीय मोहन गोले र सोही स्थानका ३१ वर्षीय भीमबहादुर स्याङतान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मिति २०८३ साउन २१ गते बिहान करिब ९ बजे इच्छाकामना गाउँपालिका–५ मा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।जाँचका क्रममा उनीहरूको झोलाभित्र पहेँलो टेपले बेरिएका ४० वटा पोका फेला परेका थिए। ती पोकामा रहेको पदार्थको तौल गर्दा २० किलो चरेसजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय