ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

वाशिङटन डीसी । अमेरिकासँग अझै पनि प्रशस्त मात्रामा गोला–बारुद (म्युनिसन्स) रहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । इरानसँग जारी युद्धका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)को हतियार भण्डार उल्लेखनीय रूपमा घटेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।आफ्नो सन्देशमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताए । केही विशेष प्रकारका गोला–बारुदको भण्डार निकै ठूलो रहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइरहेको दाबी पनि उनले गरे ।‘अमेरिकासँग ठूलो मात्रामा गोला–बारुद उपलब्ध छ । साथै आवश्यकताअनुसार नयाँ हतियार उत्पादन गरी निरन्तर आपूर्ति भइरहेको छ।’ पोष्टमा उनले लेखेका छन् । ट्रम्पले अमेरिकाको रक्षा उद्योगलाई पनि प्रशंसा गर्दै देशभर इतिहासकै सबैभन्दा धेरै रक्षा उद्योगका कारखाना निर्माण भइरहेको दाबी गरेका छन्। उनका अनुसार ती उद्योगहरूले भविष्यमा अमेरिकी सेनाको आवश्यकतालाई सहज रूपमा पूरा गर्नेछन् र राष्ट्रिय सुरक्षालाई अझ सुदृढ बनाउनेछन्।

ट्रम्पले अप्रत्यक्ष रूपमासीएनएको समाचारको खण्डन गर्दै अमेरिकाको सैन्य क्षमता कमजोर नभएको बताएका छन् । उनले कुन प्रकारका गोला–बारुद पर्याप्त मात्रामा उपलब्ध छन् भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन् । उनका अनुसार रक्षा उद्योगहरू तीव्र गतिमा उत्पादन बढाइरहेका छन् र आवश्यक परे थप हतियार तत्काल निर्माण गर्न सक्ने क्षमता अमेरिकासँग छ । उनले नयाँ रक्षा उद्योग स्थापना तथा उत्पादन विस्तारलाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा पनि प्रस्तुत गरेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय