क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

कास्की :  माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडास्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका तीन युवाको सकुशल उद्वार गरिएको छ। सोही जिल्लाको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जि.सी., २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा साउन १९ गते सम्पर्क विहिन भएका थिए।

ट्रेकिङमा हिडेका उनीहरू सम्पर्क विहिन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा बादलडाँडास्थित होटल व्यवसायीसहितको टोलीले उनीहरूको खोजी कार्य गरेको थियो।

सो पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोलीले उनीहरूको खोजीकार्य गर्ने क्रममा साउन २० गते साँझ सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका–११ छुमरुङ फेदीस्थित मोदी खोलाको पारीपट्टिको जंगलमा फेला पारेको थियो।

सोही दिन उनीहरूलाई रोप रेस्क्यु विधिद्धारा उद्धार कार्य सुरू गरिएकोमा अविरल वर्षाको कारण मोदी खोलामा पानीको बहाव बढेपछि उद्धार कार्य स्थगित भएपश्चात पुनः साउन २१ गते बिहान सो टोलीले सोही ठाउँमा रहेको बिजुली पोलको तार प्रयोग गरी उनीहरू भएको ठाउँमा पुगेर रोपको वेश बनाई सकुशल उद्धार गर्न सफल भएको हो।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय