क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा अध्ययन गरी उपयुक्त विकल्पसहित सुझाव पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको बैठकले संगठन तथा व्यवस्थापनसम्बन्धी कटौतीका कारण विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीको व्यवस्थापनका विषयमा निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका क्रममा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गरिएको हो।

पत्रमा उल्लेख भएअनुसार मन्त्रिपरिषद्को निर्णयको बुँदा नं. ७ ले संगठन तथा व्यवस्थापनसम्बन्धी कार्यान्वयनपछिसमेत आवश्यकता रहेका करारका कर्मचारीको व्यवस्थापन, भविष्यमा करारमा कर्मचारी राख्दा उपलब्ध गराइने न्यूनतम सेवा–सुविधा तथा स्वीकृत दरबन्दीबाहेक करारमा कर्मचारी नियुक्ति नगर्ने व्यवस्था लगायतका विषयमा अध्ययन गरी उपयुक्त विकल्प सिफारिस गर्न निर्देशन दिएको छ।उक्त निर्णय कार्यान्वयनका लागि आगामी दिनमा करारका कर्मचारीको व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न मन्त्रालयले १० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको जनाएको छ।सहसचिव घोलकराज ढकाल संयोजक रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उपसचिव, अर्थ मन्त्रालयका एक उपसचिव, मन्त्रालयका उपसचिव (कानून) महेन्द्रप्रसाद साँखी सदस्य तथा उपसचिव देवेन्द्र सापकोटा सदस्य–सचिव रहेका छन्।

यो समिति मन्त्रालयस्तरीय निर्णयअनुसार गठन गरिएको हो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय