क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं, साउन २१ । लामो समयसम्म धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ–बुटवल सडकखण्ड अहिले भने यात्रुका लागि सहज बन्दै गएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै नारायणगढदेखि बुटवलसम्मको यात्रा सामान्यतया दुई घण्टामै पूरा हुन थालेको छ।निर्माण सुरु भएको झण्डै सात वर्षपछि सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएको हो। केही निजी सवारी चालकले भने डेढ घण्टामै नारायणगढ–बुटवल दूरी पार गरेको अनुभव सुनाएका छन्।

गत वर्ष दाउन्ने क्षेत्रमा सडकको दयनीय अवस्थाका कारण यात्रुले घण्टौं जाममा बस्नुपरेको, कतिपयले सडकमै रात बिताउनुपरेको तथा चाडपर्वका बेला गन्तव्यमा समयमै पुग्न नसकेको अवस्था थियो। अहिले भने फराकिलो र गुणस्तरीय सडक बनेपछि ती समस्या हट्दै गएका छन्।निजी सवारी प्रयोगकर्ताले नारायणगढदेखि बुटवलसम्मको यात्रा एक घण्टा ३० मिनेटदेखि दुई घण्टाभित्र पूरा गर्न सफल भएको बताएका छन् भने सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीका अनुसार यात्रु चढाउँदै–ओराल्दै जाँदा पनि तीन घण्टाभित्र गन्तव्य पुग्न सकिने अवस्था बनेको छ।नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार पूर्वी र पश्चिमी दुवै खण्डको निर्माण प्रगति करिब ९२ प्रतिशत पुगेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना निर्माण, नाली व्यवस्थापन तथा केही अन्तिम काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

११३ दशमलव ३५ किलोमिटर लामो नारायणगढ–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको यो आयोजना विसं २०७५ चैत ८ गते सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक म्याद थपिएको थियो।सडक विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय