अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू प्रभावित भएका छन्। केही सडकखण्डमा पहिरो पन्छाउने काम जारी रहेकाले सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ भने केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।सडक विभागका अनुसार प्रभावित स्थानमा डोजर तथा प्राविधिक टोली परिचालन गरी अवरोध हटाउने काम भइरहेको छ। मौसम अनुकूल रहेमा अवरुद्ध सडकहरू क्रमशः सञ्चालनमा ल्याइने जनाइएको छ।
यात्रामा निस्कनुअघि सम्बन्धित राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ। वर्षायाममा पहिरो र बाढीको जोखिम कायम रहेकाले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न तथा सुरक्षा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
