क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ।यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो ।गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो।मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो।

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन)का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउने छन् ।

सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि ६६ हजार ५३९ तोकेको छ।त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि ६२ हजार ४६६ तोकिएको छ। त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको ४८ हजार ५८ तलबमान तोकिएको छ।

त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ।

 

 

vianet Below Content Banner 2

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय