क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

सर्लाही, २३ साउन । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १ हजार ५ सय बिघा धानबाली डुबानमा परेको छ।

गत सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयामा बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो। बाढीका कारण कौडेना–५ छपकैयामा ८०० बिघा, मलङ्गवा–६ खुटौनामा ५०० बिघा र मलङ्गवा–५ भाडसरमा ३०० बिघा धानखेती डुबानमा परेको स्थानीयले बताएका छन्।डुबानका कारण केही घर, गोठ तथा सडकसमेत प्रभावित भएका छन्। चार दिनदेखि खेतमा पानी जमिरहेकाले भर्खरै रोपिएको धानबाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन्। पुनः रोपाइँ गर्न आवश्यक बीउ र ब्याडसमेत नभएकाले समस्या झन् गम्भीर बनेको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार लखन्देही खोलामा पर्याप्त अध्ययनबिनै बाँध निर्माण गरिएकाले हरेक वर्ष बाँध भत्किने, खोलाले धार परिवर्तन गर्ने र पानी निकास नहुँदा डुबान तथा कटानको समस्या दोहोरिने गरेको छ।मलङ्गवा–६ का वडाध्यक्ष रामकैलाश यादवले यसै वर्ष १८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको तटबन्धसमेत बाढीले क्षति पुर्‍याएको जानकारी दिनुभयो। कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार (बब्लु)ले समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठूलो बजेटसहित व्यवस्थित तटबन्ध निर्माण आवश्यक रहेको बताउनुभयो।

उता, बाँध फुटेको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको प्रयास गरे पनि सफल हुन सकेको छैन। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बाँस तथा अन्य सामग्री प्रयोग गरेर बाढीको भंगालो रोक्ने प्रयास भइरहेको बताउनुभयो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय