ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं — नेपाल प्रहरीमा अनिवार्य अवकाश पाउनेभन्दा सेवा अवधि पूरा नहुँदै राजीनामा दिने प्रहरी कर्मचारीको संख्या झन्डै दोब्बर पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ सय ८१ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएकोमा १ हजार २ सय ६४ जनाले राजीनामा दिएको तथ्यांक सार्वजनिक भएको छ।यसरी हेर्दा अनिवार्य अवकाशको तुलनामा राजीनामा दिने प्रहरी कर्मचारीको संख्या करिब १ दशमलव ८६ गुणा बढी देखिन्छ। सेवा अवधि पूरा गर्नुअघि नै ठूलो संख्यामा जनशक्ति बाहिरिन थालेपछि नेपाल प्रहरीलाई अनुभवी जनशक्ति अड्याउन चुनौती थपिएको छ।प्रहरी कर्मचारीले बीचमै सेवा छाड्नुका पछाडि सेवा–सुविधा, कार्यबोझ, पेन्सनका लागि आवश्यक सेवा अवधि तथा वैदेशिक रोजगारीका अवसरलगायत कारण रहेको प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्। विगतमा गरिएको अध्ययनले पनि तल्लो तहका प्रहरी कर्मचारीमा कम सेवा–सुविधा र लामो पेन्सन अवधिका कारण जागिर छाड्ने प्रवृत्ति देखिएको उल्लेख गरेको थियो।

प्रहरीमा तालिम तथा अनुभव हासिल गरेका कर्मचारी बीचमै बाहिरिँदा संगठनले नयाँ जनशक्ति भर्ना र तालिममा पुनः लगानी गर्नुपर्ने हुन्छ। यसले एकातर्फ राज्यको खर्च बढाउने र अर्कोतर्फ अनुभवी जनशक्ति अभावको समस्या निम्त्याउने देखिन्छ।प्रहरीभित्र बढ्दो राजीनामा रोक्न सेवा–सुविधा पुनरावलोकन, वृत्ति विकासको अवसर विस्तार तथा पेन्सनसम्बन्धी व्यवस्थामा सुधार आवश्यक रहेको प्रहरी क्षेत्रका जानकारहरूको भनाइ छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय