ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा ग्याँसकाे कृत्रिम अभाव देखिएको छ । बजारमा ग्याँस अभाव देखाएर मूल्य बढने आशमा व्यवसायीले कृत्रिम अभाव देखाइएको हाे ।उपभोक्तालाई ग्याँस उपलब्ध नबनाउने डिलर र व्यवसायीलाई कारवाही गर्ने बाँके सिडिओ दिलकुमार तामाङ्ले चेतावनी दिएका छन ।तर, व्यवसायीले सिडिओकाे चेतावनीकाे समेत प्रवाह नगरी ग्याँस नभएको भन्दै उपभोक्तालाई सास्ती दिने गरेकाे उपभोक्ता नै बताउँछन् ।

यसरी बजारमा ग्याँसकाे कृत्रिम भैरहँदा स्थानीय प्रशासन र उपभोक्ता हकहित मन्च भने कानमा तेल हालेर बसेका छन ।अघिपछि बजार अनुगमनका नाममा चर्का कुरा गर्ने मन्च र यस्ता अधिकारबादी संस्था अहिले नागरिकले ग्याँस नपाएर सास्ती पाइरहँदा चुपचाप देखिएका छन ।यो नितान्त सरकार र नेपाल आयल निगमको अदूरदर्शी नीति, फितलो व्यवस्थापन र बजारमाथिको नियन्त्रण गुम्दा सिर्जना भएको ‘मानव–निर्मित’ संकट हो ।

यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि आयल निगमले २०८२ माघ अन्तिमदेखि आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । त्यतिबेला आधा सिलिन्डर मात्र वितरण गर्दा बजार अभाव केही हदसम्म सहज बनेको थियो ।बजारमा होटल तथा व्यावसायिक प्रयोजन र सर्वसाधारण दुवैतर्फ ग्यासको माग बढेको छ ।खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उद्योगी र बिक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय