ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चार वटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गरेका छन्।

तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राखेका हुन्।

विशेष गरी २०७९ सालको निर्वाचनयता सहरी मध्यम वर्ग, भूमिहीन सुकुम्बासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढिँदै गएको पोखरेलले बताए। नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले विदेशमा रहेका नेपालीहरू पनि पार्टीप्रति नकारात्मक बन्दै गएको औँल्याए। विशेष गरी २०७९ सालको निर्वाचनयता सहरी मध्यम वर्ग, भूमिहीन सुकुम्बासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढिँदै गएको पोखरेलले बताए। नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले विदेशमा रहेका नेपालीहरू पनि पार्टीप्रति नकारात्मक बन्दै गएको औँल्याए।
कमजोरीहरू पहिचान गरी सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरिए पनि तल्लो तहमा त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे। सम्बोधनका क्रममा पोखरेलले भने, ‘नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा पपुलिज्म अगाडि आउन खोजिरहेको छ। आम निर्वाचनका बेला चार वटा समुदाय हामीबाट टाढिएको विश्लेषण गरेका थियौँ। राजधानीमा ठूलो हिस्सा रहेको सहरी मध्यम वर्ग हामीबाट टाढिन खोज्यो। दोस्रो, भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासमा रहेका र सहरी गरिबहरू टाढिए।’

युवा र वैदेशिक रोजगारीमा रहेकाहरूको प्रसङ्ग जोड्दै उनले थपे, ‘तेस्रो, नवयुवाको सहभागिता हाम्रो आन्दोलनमा क्रमशः घट्दै गयो। अहिले त युवाहरू फाट्टफुट्ट मात्र देखिन्छन्, त्यो पनि उत्साहित ढङ्गले होइन। चौथो, विदेशमा रहेका नेपालीहरू हामीप्रति नकारात्मक बन्दै गए। यो २०७९ सालकै विश्लेषण हो।’

यी समुदायसँगको सम्बन्ध सुधार गर्न योजना बनाएर अभियान चलाइएको र परिपत्र जारी गरी सुधारका निर्देशन दिइएको पोखरेलले स्पष्ट पारे। सबैभन्दा धेरै जोड युवाहरूमाथि दिँदै ‘मिसन ग्रासरुट’ अन्तर्गत हरेक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिन र पार्टी काममा जोड्न निर्देशन दिइएको उनले बताए।तर त्यो काम आम रूपमा हुन नसकेपछि स्थानीय तह अनुसार १०० देखि २५० जनासम्म युवा भेला गरी तालिम दिने योजना बनाइए पनि त्यो पनि अपेक्षित रूपमा हुन नसकेको पोखरेलको भनाइ छ। पार्टीका निर्देशनहरू तल्लो तहसम्म पूर्ण रूपमा पालना हुन नसक्दा चुनौती खडा भएको उनले बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय