क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए ।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपातलगाय सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन् ।यसैबिच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा रु ११ करोड ५० लाख लागतमा करिब एक किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताए ।

“सोही ठाउँबाट जोडेर दोस्रो चरणमा थप रु एक करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम सुरु गर्ने योजना थियो । दीर्घकालीन समाधान हुन नसक्दा समस्या आइरहेको हो । अहिले पनि नारायणीको पानीले कटान गरिरहेको छ”, उनले भने ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय