ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

दमौली । सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनसमेत कार्यालय खोलेर सेवा दिन थालेको छ ।

नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीका लागि बिदाको दिन सेवा दिँदा सहज हुने भएकाले यसलाई कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

व्यास नगरपालिका-२ निवासी अपेक्षा सुनारले बिदाको दिन सेवा लिन पाउँदा आफू प्रत्यक्ष लाभ लिने सेवाग्राहीमध्ये एक भएको बताइन् । सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन समस्या थियो । विद्यालयको पढाइ प्रभावित हुने भएकाले उनले बिदाको दिनको फाइदा लिएकी छन् ।

प्रशासन कार्यालयले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिएकाले बिदाको दिन कार्यालय पुगेर उनले आफ्नो परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरेकी छन् । “अरू दिन विद्यालय जानुपर्छ । बिदाको दिन कार्यालय खुलेर सेवा दिएपछि धेरै सहज भयो”, उनले भनिन् ।

सुनारको जस्तै समस्या धेरै विद्यार्थी तथा नियमित कार्यालय समयमा व्यस्त रहने सेवाग्राहीको छ । राष्ट्रिय परिचयपत्र अहिले विभिन्न सरकारी सेवा, राहदानीलगायत काममा आवश्यक पर्ने महत्त्वपूर्ण कागजपत्र बन्दै गएपछि यसको आवश्यकता बढेको छ । सोही कारणले जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ ।

राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार शनिबार र आइतबार बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सेवा प्रदान गरिँदै आइएको छ ।

उनका अनुसार कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि नियमित कार्यदिनमा मात्रै सेवा दिँदा धेरै सेवाग्राहीले समय व्यवस्थापन गर्न समस्या भोग्नुपर्ने अवस्था आएपछि बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको हो ।

विशेषगरी विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा नियमित कार्यालय समयमा आफ्नो काममा व्यस्त रहने नागरिकका लागि बिदाको दिनको सेवा प्रभावकारी हुने प्रशासनको अपेक्षा छ । कार्यालयले सेवाग्राहीको भीडलाई व्यवस्थित बनाउन टोकन प्रणालीलाई प्राथमिकता दिएको छ ।

यसैबिच, सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गरे । यसले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुँदा उत्पन्न हुने भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय