क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

पोखरा । पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ ।

जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिए ।गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिए ।सोमबारका लागि पनि गृहलक्ष्मीमा ४ वटा बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ । पोखराका पहिले जसरी किराना पसलहरूबाट नै उपभोक्तालाई ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि सहजता बढेको प्रशासनले जनाएको छ

 

पोखरामा साउन पहिलो सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको थियो । जसका कारण उपभोक्ता रित्तो सिलिन्डर बोकेर ग्यास डिपो अगाडि घण्टौँसम्म कुनुपर्ने बाध्यतामा छन् । प्रशासनले ग्यासको सहज आपूर्ति र कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र पारिरहेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय