क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाण्डौ – अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको छ ।विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ । महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग साथै बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ । यो क्रम भोलिसम्म नै रहने अनुमान छ । तर ठूलो वर्षा भने हुने देखिँदैन ।यसैबिच मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

ठूलो वर्षाको सम्भावना नभएकोले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय