ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनको दायराभित्र रहेर व्यापार–व्यवसाय गर्ने निजी क्षेत्रलाई अपराधीको रूपमा हेर्न नहुने बताएका छन्।

तर विगतका सरकार तथा राजनीतिक नेतृत्वसँगको पहुँचका आधारमा सरकारी सम्पत्ति सस्तोमा लिजमा लिने, खरिद गर्ने वा राज्यलाई घाटा हुने गरी सुविधा लिने कार्य भएको भए त्यसको अनुसन्धान हुनुपर्ने बताए। नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले राज्यको सम्पत्ति गैरकानुनी रूपमा लिएको वा सरकारलाई प्रभावित पारेर सस्तोमा सरकारी सम्पत्ति प्रयोग गरेको भए त्यसमा छुट दिन नहुने उनको भनाइ थियो।

‘कसैले गैरकानुनी रूपमा राज्यको सम्पत्ति लिएको छ, सरकारलाई प्रभावित पारेर सस्तोमा लिजमा लिएको छ वा राज्यलाई घाटा हुने काम गरेको छ भने त्यसको अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘तर कानुनको दायराभित्र रहेर व्यापार व्यवसाय गर्ने व्यक्तिलाई अपराधीको रूपमा हेर्नु हुँदैन।’ लामिछानेले रास्वपाले निजी क्षेत्रका व्यवसायी तथा उद्यमीबाट राजनीतिक चन्दा नलिने दाबी गर्दै व्यवसायीले राजनीतिक दल वा नेताको संरक्षण खोज्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। ‘तपाईंहरूले आफ्नो व्यापार, व्यवसाय, उद्योग र कर्मचारीमा ध्यान दिनुस्। नेताले तपाईंलाई संरक्षण गर्नुपर्ने होइन, देशको नीतिले तपाईंलाई संरक्षण गर्नुपर्छ,’ उनले भने।

राजनीतिक दललाई चन्दा दिएर व्यवसाय सुरक्षित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको लामिछानेले बताए। पारदर्शी रूपमा राजनीतिक दललाई सहयोग गर्न चाहने व्यक्तिले सहयोग गर्न सक्ने भए पनि राजनीतिक संरक्षण प्राप्त गर्नकै लागि व्यवसायीले चन्दा दिनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ। उनले नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र निजी क्षेत्रको विकासका लागि अनुकूल नीतिगत वातावरण निर्माण गर्नु रास्वपाको प्राथमिकता रहेको बताए। उद्यमी तथा व्यवसायीका समस्या र नीतिगत कठिनाइ पहिचान गर्न संसदमा विशेष छलफल तथा राउन्ड टेबल कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

‘हामी व्यवसायी र युवा उद्यमीसँग राउन्ड टेबलमा बसेर समस्या सुन्छौँ। नीतिगत रूपमा कहाँ ग्याप छ, त्यसलाई कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गर्छौँ,’ उनले भने। लामिछानेले नयाँ सरकार र राजनीतिक नेतृत्वले सुरुवाती चरणमै स्पष्ट प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने बताए। ‘जग बलियो भयो भने मात्रै त्यसमा सुन्दर संरचना बनाउन सकिन्छ। अहिले हामी जग बनाउने चरणमा छौँ,’ उनले भने, ‘हामी पुस्तौँपुस्ता राजनीति गरिरहने होइन, आफ्नो अवधिभर इमानदारीका साथ काम गरेर बलियो संरचना निर्माण गर्ने पक्षमा छौँ।’

सरकारले आफ्ना प्रतिबद्धता र लक्ष्यअनुसार काम गर्नुपर्ने भन्दै  सरकार सही बाटोबाट विचलित भए रास्वपाले राजनीतिक दबाब सिर्जना गर्ने चेतावनी दिए। सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ भने हामी साथ दिन्छौँ। सरकार बाटो बिरायो भने राजनीतिक दलका रूपमा आवश्यक कदम चालेर पुनः सही बाटोमा ल्याउने काम गर्छौँ,’ उनले भने।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय