ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

उपत्यकामा खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव देखिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले ग्याँस बिक्री डिपोहरूमा प्रत्यक्ष सुरक्षाकर्मी परिचालन गरी वितरण व्यवस्था मिलाएको छ।

ग्याँसको अभावका कारण सर्वसाधारण तथा व्यावसायिक क्षेत्र प्रभावित भएपछि प्रहरीले काठमाडौंका ५५ वटा बिक्री डिपोमा सुरक्षाकर्मी खटाएर ग्याँस वितरण सुरु गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीको निगरानीमा शनिबार मात्रै ७ हजार ७३६ सिलिन्डर ग्याँस वितरण गरिएको छ। त्यसमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणका लागि र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रतिष्ठानका लागि वितरण गरिएको प्रहरीले जनाएको छ।

विशेष वितरण प्रक्रियामा सुकेधारास्थित श्री ग्याँस डिपोबाट होटल तथा व्यावसायिक क्षेत्रका लागि २ हजार ८०० सिलिन्डर वितरण गरिएको थियो। त्यस्तै, टोखास्थित जय कालिका ग्याँस डिपोबाट सर्वसाधारणका लागि २३४ सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ। ग्याँसको अभावको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने, कालोबजारी गर्ने तथा अवैध रूपमा ग्याँस भण्डारण गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय