काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राजावादी दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिएका छन् ।
ढकालले आज एक कार्यक्रममा भाषण गर्दै नेपालमा सिंह नभएकाले सिंहदरबारको नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए । सिंहदरबारभन्दा ‘अनामनगर दरबार’ नाम राख्नु उचित हुने उनको प्रस्ताव छ । तर श्रेष्ठले भने उनलाई उपबुज्रुकको संज्ञा दिँदै कडा टिप्पणी गरेका छन् ।उनी लेख्छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि ! ? गोबर नाम राखे हुन्न ?’
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।