क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष संवाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। रास्वपाले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक कार्यक्रम सुरु गर्न लागेको हो।रास्वपा सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार, यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

भुइँमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख छ ।यो कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा साँझ ५:०० देखि ६:०० बजेसम्म नागरिक संवादअन्तर्गत नागरिकका लागि खुला रहनेछ । यस अवधिमा मन्त्रीले सीधै सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव सुन्ने छन् ।

साँझ ६:०० बजेपछिको नेतृत्व संवादमा मन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू र सांसदबीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ ।मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र नागरिकका वास्तविक समस्या बुझेर यथार्थपरक राष्ट्रिय नीति एवं कानुन निर्माणमा जोड दिने लक्ष्य राखेको रास्वपाको भनाइ छ ।साथै, नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई थप चुस्त र प्रभावकारी बनाउनु अर्को मूल उद्देश्य राखिएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय