ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन्।सरकारी वकिलको कार्यालय ललितपुरले डा. शर्मालाई बिहीबार हाजिर जमानीमा राख्न आदेश दिएको हो।बिएन्डबीको आइभिएफ क्लिनिकबाट डा. शर्माले १७ वर्षीया किशोरीको डिम्ब निकाले आरोप छ।

उनी पछिल्लो समय फिलिपिन्स गएकी थिइन्। त्यहाँबाट फर्किएपछि निवेदन दिएर उपस्थित भएकी थिइन्।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिइएको थियो। सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो।

बयानमा डा. शर्माले इन्कारी बयान दिएको प्रहरी स्रोतले बतायो।प्रहरीले यो घटनामा यसअघि एक जना महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको थियो। प्रहरीले साउन १ गते एक जना इमाडोल बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई नियन्त्रणमा लिएको थियो। उनैले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा आइभिएफमा पुर्‍याएर डिम्ब झिकेको आरोप थियो। डिम्ब झिकेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको अनुसन्धानमा खुलेको थियो। किशोरी बिरामी भएपछि यो घटना बाहिर आएको थियो।

यसअघि पनि प्रहरीले नाबालिकाको डिम्ब तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाएको थियो। तर महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय