कैलालीमा मोटरसाइकलसहित खोलामा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ।सुर्खेतबाट आउदै गरेका बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन चौधरी घर फर्किने क्रममा गएराति करीब साढे ९ बजेतिर मोहन्याल गाउँपालिका– ७ को पितमारी खोलामा मोटरसाइकलसहित बगेका थिए ।उनलाई इप्रका चिसापानीकी इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा खटिएको टोलीले सकुशल उद्दार गरेको हो ।
ADVERTISEMENT
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।