ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

जुम्ला – आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गरेको छ।

कार्यालयले उक्त आवमा रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिए।राजस्व सङ्कलनका विभिन्न शीर्षकमध्ये आयकरतर्फ रु ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ रु नौ करोड ८८ लाख नौ हजार, अन्तःशुल्कतर्फ रु ८८ लाख ५८ हजार र अन्यतर्फ रु एक करोड ४३ लाख तीन हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले बताए।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउन निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुँदै आएको उनले बताए। कर कानुनबमोजिम लक्षित राजस्व सङ्कलन गर्ने, कर परीक्षण तथा अनुसन्धान गरी कर कानुनको परिपालना गराउने तथा अन्तःशुल्कसम्बन्धी कार्यसमेत सञ्चालन भइरहेको उनको भनाइ छ।कार्यालयले गत आवको वैशाखदेखि असारसम्म ७४ पटक बजार अनुगमन गरेको जनाएको छ। यस अवधिमा सातवटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा सङ्कलन भ्रमण र पाँच पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

चालु आवमा आयकर सङ्कलन अघिल्लो आवको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर सङ्कलनमा भने कमी आएको कार्यालयले जनाएको छ। व्यापार–व्यवसायमा आएको मन्दी तथा विकास निर्माणका कार्य गर्ने सरकारी निकायमा भएको कम पुँजीगत खर्चलगायत कारणले मुअकर सङ्कलनमा कमी आएको कार्यालयको भनाइ छ।कार्यालयका अनुसार हालसम्म मुअ करतर्फ एक हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएका छन्।आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोट जिल्लासम्म रहेको छ। कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाबाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु ५१ करोड ४१ लाख राजस्व सङ्कलन गरेको थियो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय